काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागी भएको छ। आज विहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको हो ।
डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो ।
उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए । उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको डीआइजी ठकुरीले जानकारी दिए ।


