काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आफ्नो मन्त्री फेरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पनि आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।
सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको छ ।
यादव पक्षको बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पक्षका कुनै पनि नेतालाई बोलाइएको थिएन। मन्त्री पठाउनेलगायतका विषयमा डा. भट्टराई र यादवबीच मतभिन्नता छ ।
कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।


