काठमाडौं । सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा समर्थक उग्र बनेका हुन् ।
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा समर्थकले नाराबाजी गरेका थिए । उनीहरूलाई रोक्ने क्रममा लाठीचार्ज गरिएको हो ।
नाराबाजी गर्ने दुई समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही कारण केही बेर खेल अवरुद्ध बनेको थियो ।


