काठमाडौं । दार्चुलाको तिंकरमा पनि सशस्त्रको बिओपी स्थापना गरेको छ । दार्चुलाको व्याँस गाउँपालिका– १ स्थित छायाँलेक तिंकरस्थित चीनसँगको सीमानाकामा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ ।
सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले शुक्रबार बिओपीको उद्घाटन गरेका हुन् ।
यो बिओपी दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ पर्छ । सशस्त्र प्रहरी बल, नेपाल नं। ५० गुल्म छाङरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटर दूरीमा छ । उत्तरी नाकामा सशस्त्र प्रहरीको यो नवौँ बिओेपी हो ।


