काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले छिमेकी मुलुकसँग सन्तु्लित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत उनले आज नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘आगामी दिनमा चीन पहिलो अर्थतन्त्र र भारत तेस्रो अर्थतन्त्र मुलुक बन्दैछन्। यो हाम्रा लागि अवसर पनि हो,’उनले भने,‘भारतसँग खुला सीमानाकालगायत विविध समस्याहरू छन्। यसको सधैंका लागि समाधान गर्नुपर्छ। दुवै मुलुकबाट लगानी भित्र्याएर देशमा विकास गरौं।’
मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।


