काठमाडौं । नेपाली क्रिकेट टोली फाइनलमा प्रवेश गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले भने, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”


