काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।
वर्षातको समयमा फैलिन सक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
गृहसचिव एकनारायण अर्यालले असार २१ मा लेखेको पत्रसहित संघीय मामिला मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएका हुन् । स्था


