काठमाडौं । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज हात पारेकी छन् । शनिबार काठमाडौँमा आयोजित समारोहमा उनलाई विजेता घोषिणा गरिएको हो ।
यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् । करुणा रावत मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।