काठमाडौं । ५ दिनअगाडि सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरोका चालकको शव फेला परेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले उनको शव सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा फेला गरेको जानकारी दिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकैबाट बिहीबार भोटेकोसी नदीमा बा २० च २१८५ नम्बरको बोलेरो खसेको थियो।