काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेकी हुन् ।
स्वागत कार्यक्रममा खेलाडी एरिकाले गुरुङले गोल्ड मेडल प्राप्त गर्ने लक्ष्यका साथ खेलेपनि रजत पदक प्राप्त भएको बताइन् । उनले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।
त्यस्तै राखेप सदस्य सचिव घिसिङले आगामी दिनमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै अहिलेका पदक बिजेता खेलाडीहरुलाई छिटै पुरस्कार दिने बताए । एरिकाको अन्तराष्ट्रिय खेलमा सहभागीता र प्रशिक्षणको व्यवस्था राखेपले गर्ने उनले बताए ।
त्यस्तै कराँते महासंघका अध्यक्ष लामाले खेलाडीले गरेको प्रदर्शनसंगै नेपालका खेलको लक्ष्य निर्धारण भएको उल्लेख गरे ।