काठमाडौँ । गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको बताइएको छ । ।
यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए ।
गृह सचिव हुने लाइनमा कृष्णहरी पुष्कर, विनोद सिंह, अर्जुन पोखरेल, नारायण शर्मा दुवाडी, हरि मैनाली गोकर्णमणि दुवाडी लगायतबीच प्रतिस्पर्धा रहँदै आएको थियो । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत थिए ।


