काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन्। बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो।
मुख्यसचिव अर्याल र एक निजी कम्पनीसहित १० जना प्रतिवादीले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट बुधबार सफाइ पाएका हुन् । यो मुद्दामा विशेष अदालतले दुईजना प्रतिवादीलाई भने दोषी ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारमा ११ व्यक्ति र एउटा कम्पनीसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।


