काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारमा आज भने हरियाली छाएको छ । साताको अन्तिम बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले बढेको हो ।
आज १० अर्ब ३२ करोड ३ लाख ३१ हजार बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भएको छ ।
१५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।


