काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा अब कुनै पनि गुट स्वीकार्य नहुने जिकिर गरेका छन् । । उनले सोमबार बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले भने, ‘पार्टीभित्रका सबै नेताहरूसँग म संवाद गरिरहेको छु, सबैसँग कुरा गर्छु, सबैलाई समेटेर लिएर जान्छु, हामीले सदस्यताको कुरा पनि ख्याल गर्नुपर्नेछ । हामी पार्टीभित्र बसेर मात्र मिलेर हुँदैन । पार्टीलाई वर्षौँदेखि मतदान गर्दै आउनुभएको ठूलो पङ्क्ति छ। कांग्रेसको सदस्य हुने, लेबी तिर्ने, कांग्रेसको आन्तरिक चुनावमा आएर मतदान गर्ने, तर मलाई मन लागेन चुनावमा अर्को पार्टीलाई भोट दिन्छु भन्न पाइँदैन। सदस्यता छोडेर जानुस्। तर, भोटरको बारेमा केही भन्न पाइन्न ।’
उनले कांग्रेसले देशलाई सम्हाल्न सक्छ भन्ने सन्देश दिनुपर्ने बताए ।


