काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
यसैगरी आजका लागि एक युरोको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा तोकिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।


