काठमाडौं । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।