काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार मंगलबार पनि उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक नेप्से मा ३३ अंकले घटेको हो ।
आज ३०८ स्क्रिप्सको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
आज चार कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सुपर माइक्रोफाइनान्स वित्तीय संस्था,जानकी फाइनान्स,पोखरा फाइनान्स र नारायणी डेभलमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको हो। ३५ करोड माथिको सेयर कारोबार गरी प्रभु बैंक शीर्षस्थानमा रह्यो।
नेपाल फाइनान्सले १७ करोडको कारोबार गर्दा जानकी फाइनान्सको १४ करोड,एनएलजी इन्स्योरेन्सको १२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्टको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।


