काठमाडौं । सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९ दशमलव ९७ अंकले बढेको हो ।
नेप्सेका अनुसार सोमबार तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता खरिदबिक्रीबाट १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये सबैभन्दा धेरै व्यापार समूह नौ दशमलव ७० र होटल तथा पर्यटन समूह चार दशमलव ९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशलमव ६०, जीवन बीमा एक दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ ।


