काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।
विहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ कारोबार नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


