काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयर बजारमा विहीबार भने गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घटेर २६८२ दशमलव २९ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०४ कम्पनीका ६७ हजार १२८ पटकको कारोबारमा १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर खरिद बिक्रीबाट ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ ।


