काठमाडौं । आज (बिहीबार) दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।