काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो।
यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ। त्यस्तै मालबाहक सवारीसाधनको पनि भाडा वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ०.८१ प्रतिशत र तराईमा चल्ने सवारीमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको हो।
जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।


