काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण डिजाइन भइरहेका यूएसएडका तीन कार्यक्रम रोकिएको जनाएको छ । सोमबार अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । मन्त्रालयले युएसएआईडीले नेपालमा सञ्चालन गरेका अरु सातवटा कार्यक्रम समेत स्थगित भएको जनाएको छ ।
‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ’, विभिन्न कार्यक्रम रोकिएबारे मन्त्रालयले वक्तव्यमा भनेको छ, ‘अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रूपमा अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।’