काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद भएको छ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।
भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै पक्राउ गरेको हो।पक्राउ पर्नेमा तीनजना महिला र एक पुरूष छन्। सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। एसएसपी राठोरका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।