काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजार मंगलबार भने सामान्य अंकले बढेको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको हो ।
आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।
आज १३४ कम्पनीको सेयरमूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस्तै, ९८ कम्पनीको सेयरमूल्य घट्दा ११ को स्थिर छ ।
कारोबार भएका १३ मध्ये आठ समूहको समुहगत परिसूचक घटेको छ भने पाँच वटाको बढेको छ ।


