काठमाडौं । सशस्त्र प्रहरीको इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि २९ बर्सिया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
। शनिवार राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।
इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।