काठमाडौं । सोमबार पनि सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अंकले बढेको हो ।
आज जममा ३०२ कम्पनीका १ लाख २ हजार ८६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिद बिक्रीबाट १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ
१६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।


