काठमाडौं । मंगलबार पनि सेयर बजार बढेको छ । आज सेयर बजार परिसूचक (नेप्से) नेप्से परिसूचक ७ दशमलव १३ अङ्कले बढेको हो
मंगलबार एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्रीबाट ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।
१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।


