काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । यसरी आज बस्ने तय भएका समितिहरुमा महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको आधारभूत सिफारिस नं। ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


