काठमाडौं । आइतबार उच्च अंकले बढेको शेयर बजार सोमबार पनि झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २७३० को बिन्दुमा पुगेको छ ।
आज ३१९ कम्पनीका २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर खरिद बिक्रीबाट ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ ।


