काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ८६ अंकले बढेको हो ।
आज ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्रीबाट ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
१३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


