काठमाडौं । सिँचाई कुलो निर्माणमा काम नगरी भुक्तानी लिई अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ्गको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आरोपपत्रमा वडा नं. ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई पनि प्रतिवादी बनाइएको छ ।


