काठमाडौं । पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।
उनले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको भन्दै मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो ।
पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम फागुन २६ को मन्त्रीस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयकका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।