काठमाडौं । हिजो बरामद भएको २५ करोड रकमबारे संसदमा कुरा उठेको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उक्त घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हुन् । ।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका कुसान लामालाई २५ करोड १ लाख ३३८रुपैयाँसहित पक्राउ गरेको थियो। सांसद सापकोटाले उक्त घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।