काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ निर्माण कम्पनीलाई ३० दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा निजहरू फेला नपरी पत्र फिर्ता आएकोले फेरी सूचना प्रकाशन गरेको सूचनामा उल्लेख छ ।



