काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवअधिकारको रक्षा र संविधानको मौलिक हकको कार्यान्वयन गर्न प्रटिबद्ध रहेको बताएका छन्।
उनले बुधबार मानवअधिकार रक्षकहरुको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका सहिदहरूको त्याग र बलिदानबाट आज मुलुकमा मानवअधिकार सुनिश्चित भएको उल्ले गरे।
प्रधानमन्त्री ओलीले कागजमा लेखिएको मानवअधिकारले खान लाउन नदिने भएकाले गरिबी र भोकमा तड्पिएका बालबालिका र सबैले खाना लाउन पाउने अधिकारका लागि आफूहरुले काम गर्नुपर्नेमा जोड दिए।