काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले आज उनीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन गरिएको छ । यसैगरी रौतहटमा विनोद कुमार खड्कालाई खटाइएको छ ।
दिव्यराज पोखरेललाई संखुवासभामा पदस्थापन गरिएको भने नरहरि घिमिरे खोटाङ पुगेका छन् । विजयराज सुवेदीलाई ओखलढुङ्गा खटाइएको छ । नुवाकोटका रामकृष्ण अधिकारी मन्त्रालयमा सरुवा भएका छन् । गृह मन्त्रालयमा रहेका शशिधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।
गृहमा अझैं डेढ दर्जन सहसचिवहरु जगेडामा छन् ।