काठमाडौं । नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीले दर्ज्यानी चिन्ह ्पाएका छन् ।
उनलाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।