काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच आगामी वैशाख १७ गते एकता घोषणा गर्ने भएका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एकता घोषणाको तयारी भएको जनाएको हो ।
अध्यक्ष राउतले एकताको घोषणा गर्दै अब दुई पार्टी मजबुत भएर अगाडि जाने बताए। ‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ,एकता हुन्छ नै,’ उलने भनेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच घोषणाको तयारी गर्दैछौँ।।’
दुवैपार्टी बीच एकतका लागि कार्यदल गठन गरिएको थियो। कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ।