काठमाडौं । श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति गर्न माग गर्दै लोक सेवा आयोगलाई ज्ञापनपत्र बुझाइएको छ । आम आदमी पार्टीले काठमाडौँस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गर्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग यथाशीघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।