काठमाडौं । मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार पनि झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.०१ अंकले बढेको हो ।
आज ३२९ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ लाख २४१ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो।
नेप्से सामान्य अंकले बढेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।


