काठमाडौं । सोमबार घटेको सेयर बजार मंगलबार भने २७.१४ अंकले बढेको छ ।
मंगलबार २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेचबाट ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।


