काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजारमा पुगेको सुन आज १ हजारले बढेको हो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौसय ६०रुपैयाँ पुगेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।


