काठमाडौं । काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ ।
कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बतायो ।
प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ ।
प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् ।


