काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार भएकोमा आइतबार भने तोलामा ६०० रुपैयाँ बढेको हो ।
यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।


