काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा विष्णुप्रसाद कोइरालालाई पठाएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार पाँचथरको प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई उक्त जिम्मेवारी दिएका हुन् । त्यहाँ कार्यरतर तीर्थराज भट्टराईलाई मन्त्रालयमा ल्याइएको छ । उनलाई २०८१ असोज २३ गते प्रमुख अध्यागमन अधिकृत बनाइ पठाइएको थियो ।
भट्टराईले विमानस्थलमा डिजिटल प्रविधिको प्रयोग र स्वचालित प्रणालीको विस्तार बायोमेट्रिक भेरिफिकेसन प्रविधि लागू अनलाइन भिसा आवेदन प्रणालीको सुधार लगायतका काम गरेका थिए ।


