काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ तोलामै ५ हजार रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ रहेको थियो । यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।


