काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
यसरी मुद्दा दायर भएकाहरुमा गण्डकी प्रादेशिक कार्यालय, पोखराका कार्यालय प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट र ट्याङ्कर चालक निर्मल थापा रहेका छन् ।


