काठमाडौं । गृह मन्त्रालयले २ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । विहीबार गृहमन्त्री रमेश लेखकले अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेललाई मन्त्रालय तानेका हुन् ।
बुधबार उनीविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई अर्घाखाँचीको प्रजिअ बनाएर पठाइएको छ भने मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको सीडीओको जिम्मेवारीमा खटाइएको छ ।


