पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरेकी छिन् ।
उनले आज पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेकी हुन् ।
कानूनले सदस्यता लिन रोक्दैन, छेक्दैन । यो घाम जत्तिकै छर्लङ्ग छ । पार्टी सदस्यताबाट बञ्चित गर्नुपर्ने कारण छैन । पार्टीमा सहभागी हुन पाउनु मेरो संवैधानिक अधिकार हो । अपरिपक्व निर्णयले मलाई दुःखी बनाएको छ । यसले पार्टीको साखलाई गिराउँछ । यो वैद्य र परिपक्व हुन सक्दैन,’ भण्डारीले भनिन्, ‘राष्ट्रपति हुँदा सदस्यता लिएको ३५ वर्ष भएको थियो । अहिले ४५ वर्ष भइसकेको छ । यसैले पार्टीको नीति, सिद्धान्तप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई एमालेका राजनीतिबाट बञ्चित गर्न मिल्दैन ।
नेकपा एमालेले उनलाई सक्रिय राजनीतिमा आउन नदिने भन्दै उनको पार्टि सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ ।


